जेसिबी पल्टिँदा चालकको मृत्यु

दोलखा, २५ मंसिर । दोलखामा जेसिबी पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

बुधबार राति भिमेश्वर नगरपालिका-२ तिखातलमा सडकबाट १ सय मीटर तल खस्दा कालिन्चोक-४ चिउरीखर्कका २२ वर्षीय राजु थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घाइते भएका थामीको उपचारको क्रममा चरिकोट प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

दुर्घटनामा परि कालिन्चोक गाउँपालिका-४ चिउरीखर्क घर भएका चालक २२ वर्षीय राजकुमार थामी, बिगु गाउँपालिका-७ अम्बा टोलका २७ वर्षीय बिजय श्रेष्ठ र भीमेश्वर नगरपालिका-२ का १६ वर्षीय सुमन थामी घाइते भएका छन् ।

घाइते तीनै जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न सोमबारै आह्वान भएको छ

काठमाडौँ, २८ वैशाख । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी

काठमाडौँ, २८ वैशाख । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021