राष्ट्रपति भण्डारीद्वारा किराँत समुदायको उधौली पर्वको शुभकामना

काठमाडौँ, २६ मंसिर । किरात समुदायकोमहान् पर्व उधौलीको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ ।

उहाँले आज शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण देश तथा विदेशमा रहनुभएका किरात धर्मावलम्बीहरुलाई सुख, शािन्त, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

नेपाल विभिन्‍न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उधौली जस्ता चाडपर्वले हाम्रो साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । यस प्रकारका चाडपर्वहरूले सामाजिक एवम् पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलाइ सुमधुर बनाउन सहयोग गरेको पनि उहाँको भनाइ छ ।

‘प्रकृतिसँग अभिन्‍न सम्बन्ध रहेको किराँत समुदायको उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्‍भाव अभिबृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्‍दै उहाँले शुभकामना दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ वैशाख । उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । १५ वैशाखमा हुने

काठमाडौँ, १२ वैशाख । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार

काठमाडौँ, १२ वैशाख । विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ आज दोस्रो नम्बरमा छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू

काठमाडौँ, १२ वैशाख । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको