टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु

पाल्पा, २२ मंसिर । पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

निस्दी गाउँपालिका-३ धार्केसिङ्गमा प्रदेश न.३०-१-००-३ क ४४५६ न. को टिपर स्टेरिङ फेल भएर सो दुर्घटना हुँदा सहचालक जाजरकोट साविक खालारहिका गाविस ८ का २३ वर्षका टेकबहादुर बुढा मगरको मृत्यु भएको छ ।

टिपर चालक सुर्खेत शिवालय गाउँपालिकाका ३८ वर्षका दिलबहादुर थापा घाइते भएका छन् । उनको  लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । टिपर सडकदेखि १ सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई आज मन्त्रालयमा आमन्त्रण गरी सबै किसिमका

पाँचथर, २१ चैत । राष्ट्रिय युवा संघ, नेपाल पाँचथर जिल्ला कमिटी सह-सम्योजक तथा फिदिम नगरपालिका वडा ५ का वडा अध्यक्ष

काठमाडौँ, २१ चैत । मोबाइल वालेट तथा डिजिटल भुक्तानी सेवाप्रादायक पेमेण्ट गेटवे इसेवाले काठमाडौँ प्रेस अनलाइनबाट समाचार हटाइएको सम्बन्धनमा आफ्नो

काठमाडौँ, २१ चैत । नेपाल विद्युत प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७५-७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा