कोहलपुरमा अनिश्चितकालीन कर्फ्यु

बाँके, २२ मंसिर । ट्रकले बिद्यार्थीलाई ठक्कर दिएपछि बाँकेको कोहलपुरमा प्रदर्शन चर्किएपछि कर्फ्यू लागेको छ ।

ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्। यही घटनालाई लिएर भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि आइतवार दिउँसो ३ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको हो ।

कोहलपुरलाई केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचाेकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको छ ।

विद्यार्थीहरुले ठक्कर दिने ट्रकसमेत  जलाएका थिए। प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको छ। ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको छ ।

झडपका क्रममा २५ जना विद्यार्थी र प्रहरी घाइते भएको बताइएको छ। भीड नियन्त्रण नभएपछि कर्फ्यू जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ माघ । माघ संक्रान्तिमा खाइने परिकार मध्ये तिलको लड्डु पनि एक हो । लड्डु संक्रान्तिको पूजामा प्रसादका रुपमा

काठमाडौँ, २८ पौष । सरकारले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषय योग शिक्षाको पाठ्यक्रम तयार गरेको छ । यसैगरी

काठमाडौँ, २७ पौष । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले रक्तदान सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ ब्लड डोनर ‘एप’ निर्माण

काठमाडौँ, २७ पौष । पछिल्लो समय काठमाडौँ उपत्यका र उपत्यका बाहिरका मुख्य सहरहरुमा प्रदुषण बढ्दो छ । जाडो मौसममा काठमाडौँ