फुटेको ऐनाले शरीरभरी जथाभावी आक्रमण गरेपछि… काटिदिन्छु भित्र नआउनु…

काठमाडौँ, १८ मङ्सिर । करिब तीन महिना अगाडि सोह्रखुट्टे गणेशस्थान निवासी विकास भुजेल –(नाम परिवर्तन)ले श्रीमती पुनम भुजेल (नाम परिवर्तन)लाई फुटेको ऐनाले शरीरभरी जथाभावी आक्रमण गरिरहेको बेला मनिषा पहारी त्यहाँ पुग्नुभयो ।

कोठाको चुकुल लगाईएको थियो । महिला भित्रबाट मलाई बचाउ, मलाई बचाउ भन्दै हुुनुहुन्थ्यो । पहारीले त्यसो नगर्न अनुरोध गर्दै ढोका खोल्न आग्रह गर्दा म तपाईलाई पनि काटीदिन्छु भित्र नआउनु, विकास भन्दै थियो ।

विकासले पुनमलाई सिसाले जभाभावि आक्रमण गर्नुको पछाडि अन्य कुनै कारण नभई लागु पदार्थको डोज लिने बेलामा खान नपाएपछि सँगै रहेकी श्रीमतीलाई नै जहाँबाट भएपनि ल्याउनुपर्ने दबाबसहित आक्रमण गरेको हो ।

महिला लागु औषध प्रयोगकर्ताका लागि क्षति न्युनिकरणको कार्यक्रम अन्तरगत मनिषाले सफा सिरिन्ज र औषधि वितरण गर्दै आएको थियो । त्यस दिन बाटोको जामको कारण केही ढिला पुग्दा पुनम श्रीमानबाटै हिंसामा पर्नुप¥यो । यो एउटा प्रतिनिधी घटना मात्र हो । लागु पदार्थ प्रयोगकर्ता महिला श्रीमान वा लिभिङ टुगेदरमा बस्ने पुरूष साथीबाट अत्याधिक हिंसामा परेको तथ्याङ्क सार्वजनिक भएको छ ।

तेह्र वर्षदेखि महिला लागु पदार्थ सेवनकर्ता महिलाका क्षेत्रमा काम गरिरहेको दृष्टि नेपालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार त्यस क्षेत्रमा पनि महिला नै बढि हिंसामा परिरहेको तथ्य फेला परेको हो ।

दृष्टिका कार्यक्रम अधिकृत निलम राईले दृष्टिमा उपचार तथा परामर्श र आवासिय सेवा लिएका महिला लागु औषध प्रयोगकर्ताबीच गरिएको अध्ययनले ८७ प्रतिशत आफ्नै श्रीमान र लिभिङ टुगेदरको सम्वन्धमा रहने केटा पार्टनरबाट पीडित भएको पाईएको जानकारी दिनुभयो ।

त्यसैगरी घरेलु हिंसामा ४९ प्रतिशत, २० प्रतिशत यौन हिंसामा परेको, ६ प्रतिशत बलात्कारमा परेको पाईएको छ । भने पाँच प्रतिशतले बलात्कारको प्रयास भएको बताएका छन् । लागु औषध प्रयोगकर्ता महिलाको क्षेत्रमा काम गर्ने उद्देश्यले परिना सुब्बाले सन् २००६ मा दृष्टि नेपाल स्थापना गर्नुभएको हो ।

सुब्बाले नोभेम्बर २५ देखि डिसेम्वर १० सम्म महिला हिंसा विरूद्धको कार्यक्रम व्यापक रूपमा मनाईरहँदा लागु औषध प्रयोगकर्ता महिलालाई छुटाउन नहुने बताउनुभयो ।

उहाँले नसा लिनु भनेको जुनसुकै माध्यम पनि नरामै्र हो तर लागुपदार्थ प्रयोग गरेकै आधारमा घृणाको दृष्टिकोणले हेर्नुहुन्न, सकेसम्म त्यो लतबाट बाहिर ल्याउने हो, नसाको लत छोड्न नसक्नेका लागि पनि उसको जीवन लम्ब्याउन र एचआइभी र हेपाटाइटिस विलगायतका रोगहरू नसरोस् भन्ने दृष्टिकोणले सहयोग गर्दै आएका छौं भन्नुभयो ।

संस्थाका अध्यक्ष सुब्बाले किशोर उमेरबाट युवा अवस्थामा प्रवेश गर्दाको समयमा खालीपनको अनुभव गर्नुपरेकोले महिला वा पुरूष लागु औषधको लतमा परेको बताउनुहुन्छ ।

सरकारले यस्तो उमेरका लागि भनेर अहिलेसम्म कुनै कार्यक्रम तय गरेको छैन, संस्था नै खोलेर १३ वर्षसम्म निरन्तर यस क्षेत्रमा काम गर्दा अधिकांश युवा वा युवतीले युवा उमेर प्रवेशको समयमा अनुभव गरेको खालीपन भर्नकै लागि साथीभाइको लहलहैमा यस लतमा फसेको जवाफ दिने गरेको बताउनुभयो ।

उहाँले हाल लागु औषध प्रयोगकर्तालाई सुधार्ने नाममा धेरैको व्यवसाय फस्टाइरहे पनि वास्तविक उपचार भने कतै कुनै संस्था, व्यक्ति, वा सरकारले समेत गर्न नसकेको दावी गर्नुहुन्छ ।

लागु औषध प्रयोगकर्तालाई जबरजस्ती तिमीले यो लत छाड्नैपर्छ भनेर पुलिस प्रसासन वा सुधार गृह चलाउनेहरूले कुटेर, जेल हालेर मात्र व्यक्ति सुध्रिन सक्दैन, समाजको जिम्मेवार व्यक्ति बनाउन विशेष कार्यक्रम नै हुनुपर्नेमा जोड दिनुभयो ।

दृष्टिबाट हालसम्म आठसय ८० जनाले सेवा लिईसकेका छन् । हप्ताको दुईपटक डाक्टरको सेवा पनि उपलब्ध गराउने सो संस्थामा लागुऔषध प्रयोगकर्ता महिलालाई निःशुल्क आवासिय सेवा उपलब्ध गराउँदै आएको छ । साथै उनीहरूसँग आश्रित बालबालिकालाई पनि पढाउने व्यवस्था मिलाउँदै आएको छ ।

दृष्टिले महिला लागु औषध प्रयोगकर्ताका लागि क्षति न्युनिकरण कार्यक्रम अन्तरगत सफा सिरिन्ज र मात्रा मिलाएर मेथाडोनलगायतका औषधि समेत वितरण गर्दै आएको छ ।

सो संस्थामा मनिषा पाहारीले क्षति न्युनिकरण कर्मचारीका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले काठमाडौँका लागुपदार्थ सेवनकर्ता महिलाका लागि स्वास्थ्य परामर्श, एचआईभी परिक्षणका साथै सफा सिरिन्जसहित औषधि वितरण गर्दै आउनुभएको छ ।

दृष्टि नेपालमै सोही प्रकृतिका काममा खटिनुभएका सृजना राईले पनि थुप्रैपटक लागु औषध प्रयोगकर्ता महिला आफ्नै श्रीमान वा पार्टनरबाट हिंसामा परेको देख्नुभएको छ ।

त्यस संस्थामा जान चाहने महिला लागु औषध प्रयोगकर्ताले सकेसम्म त्यस्तो लतबाट बाहिर निस्कने समाजमा जिम्मेवार नागरिक भएर बाँच्ने नसके इमान्दारीपूर्वक अरूलाई हानी नोक्सानी नपु¥याउने लक्ष्य र प्रतिवद्धता गरेर निःशुल्क सेवा लिन सक्छन् ।

संस्थाले प्राथमिक स्वास्थ्यसेवा, आवासिय दिवा स्याहार केन्द्र, एआरटी अवलोकन, छोटो उपचार विधि, चेतना अभिवृद्धि, रिफरल प्रेषण सेवा, पारिवारिक तथा व्यक्तिगत परामर्श र जीवन उपयोगि तालिम र एक्यूप्रेसर सेवा पनि निःशुल्क प्रदान गर्दै आएको छ ।

लागु औषध प्रयोगकर्तालाई सरकारले पनि क्षति न्युनिकरणकरण कार्यक्रम अन्तरगत देशभर १५ स्थानमा सफा सिरिन्ज र मेथाडोनलगायतका औषधी लिने स्थानको व्यवस्था गरेको राष्ट्रिय यौन रोग तथा नियन्त्रण केन्द्रका सुचना अधिकारी लोकराज पाण्डेले जानकारी दिनुभएको छ । दृष्टिले नोभेम्वर २५ र विश्व एड्स दिवसको अवसरमा विविध कार्यक्रमको साथै जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २१ मंसिर । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डुमा दुई लाख बराबरको क्षमताको वृहत खानेपानी ट्याङ्की तथा पाइपलाई

नवलपरासी, मंसिर २१ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ

काठमाडौँ, २१ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले  विभाग गठनदेखि पार्टीका सबै सांगठनिक संरचनालाई पूर्णता दिने तयारीमा जुटेका छन् ।

काठमाडौँ, २१ मंसिर । नेपालसँग सैन्य सहकार्य थप बलियो बनाउन अमेरिका इच्छुक देखिएको छ । सरकार स्तरको सहकार्य, संयुक्त सैन्य