इन्टरनेट चलाउने डाटा उपहारस्वरुप दिन सकिने

काठमाडौं, १८ मंसिर । नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारको सुविधा ल्याएको छ ।

टेलिकमका अनुसार उक्त सुविधा प्राप्त गर्नका लागी एप डाउनलोड गर्नुपर्छ । डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्दछ ।

एपमा मागेबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लग इन हुन्छ । यसपछि मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ । सो कोड नम्बर इन्ट्री गरी हामी कम्पनीको एप प्रयोग गर्न सकिन्छ । उक्त एपमार्फत आफन्त वा साथिभाईलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सकिने टेलिकमले जनाएको छ ।

इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहेमा गिफ्ट प्याकेजमा क्लिक गर्नुपर्दछ । त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिने, ३० मा ३ दिन चलाउन मिल्ने ९० एमबी, ६० मा ७ दिनको १९० एमबी र १०० रुपैयाँको ५०० एमबी तथा २४० रुपैयाँको २८ दिन चलाउन सकिने १५ सय एमबी डाटा गिफ्ट गर्न सकिन्छ ।

 यसैगरी, सोही एपको गिफ्ट प्याकेजमा भ्वाइस क्लिक गरी २५ रुपैयाँको ४० मिनेट कुरा गर्नसक्ने एकदिने प्याकेज उपहार दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ असार । बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको बिहीबार राती निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार कार्डियक

काठमाडौँ, १७ असार । कलाकार दीपकराज गिरीले पछिल्लाे समय अन्तर्वातामा दिएकाे अभिव्यक्तिले विवादित र ट्रोलकाे शिकार बनेका कालाकारहरूलाई अन्तर्वातादेखि होसियार

एजेन्सी, १७ असार । स्व. अभिनेता सुशान्त सिंह राजपुतको निधन आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप लागिरहेको छ । यद्दपि

काठमाडौँ, १२ असार । नायक राजेश हमालले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किरहेका नेपालीहरूलाई कवितामार्फत स्वागत गरेका छन् । भिडियो