काठमाडौं, १२ मंसिर । ट्राफिक प्रहरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समयमा पुराना गाडी नचलाउन अनुरोध गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ ।