कालापानी विवादबारे सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ

काठमाडौँ, २९ कार्तिक । कालापानी विवादबारे सर्वोच्च अदालतले सरकारको लिखित जवाफ माग गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको इजलासले शुक्रबार कालापानी विवादबारे सरकारको लिखित जवाफ माग गरेको हो ।

भारतले सुस्ता, कालापानी र लिम्पियाधुरा क्षेत्रको नेपाली भूमि अतिक्रमण गर्दा पनि सीमाना निर्धारण गर्न कूटनीतिक पहल नगरी सरकार मौन बसेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

भारतले गत नोभेम्बर २ मा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा नेपालको कालापानी र लिपुलेक राखेको भन्दै नेपालभर विरोध प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस