भक्तपुरमा उपनिर्वाचनको माहोल तात्यो : नेकपाको उम्मेदवार विजयको संघारमा रहेको जनताको भनाई

भक्तपुर, २९ कार्तिक । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको माहोल व्यापक मात्रामा तात्दै गइरहेको छ ।

निर्वाचनको संघारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो चुनावी प्रचार प्रसारलाई व्यापक मात्रामा तिव्रता दिएको छ । यसै सवालमा भक्तपुर क्षेत्र नं. १ (क)को उपनिर्वाचनको लागि चाँगुनारायण नगरपालिका वडा नं. १ मा नेकपाका बरिष्ठ नेता, पूर्वप्रधानमन्त्री माधब कुमार नेपाल समेत उक्त क्षेत्रमा आज जनताको घरदैलोमा पुगी जनता सामु देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिकालाई जनतालाई जानकारी बनाउँदै हिड्नुभएको छ ।

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको जनताका माझ उल्लेख गर्नुभएको छ । स्व. हरिशरण लामिछानेको सपनालाई साकार पार्दै जनताको सारथी बन्ने प्रकारको उम्मेदवारको रुपमा नेकपाले डिपी ढकाललाई ल्याएको उल्लेख गर्दै उहाँले ढकाल भक्तपुरको विकासको मुल ढोका हुने बताउनुभयो ।

उहाँले ढकालले निर्वाचित भएसँगै तीनै तहको सरकारलाई समन्वयनात्मक भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका कारण भक्तपुरको विकासमा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत र ढकालले भक्तपुरको मुहारमा व्यापक मात्रामा परिवर्तन गराउने र त्यसमा केन्द्र तथा आफ्नो व्यक्तिगत तर्फबाट सदैब साथ र सहयोग हुने जनताका माझ उल्लेख गर्नुभयो ।

त्यस्तै सांसद बस्नेतले उम्मेदवार ढकाल भक्तपुरले रोजेको जनताले खोजेको व्यक्ति भएको उल्लेख गर्दै भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पुरा गर्न ढकाल र आफु सदैब सँगै सहयात्री भई भक्तपुरको मुहार फेर्न लाग्ने भएकाले ढकाललाई निर्वाचित गराउन आग्रह गर्नुभयो ।

नेकपाको लक्ष्य नै जनताको चाहना अनुसारको विकास भएकाले नेकपाका उम्मेदवार ढकाल निर्वाचित भएसँगै भक्तपुरको विकासमा कसैले रोक्न नसक्ने जनताको माझ स्पष्ट पार्नुभयो । उहाँले जनतालाई कुनै भ्रम र लोभलालचमा नलाग्न आग्रह गर्दै नेकपाको नेतृत्वले भक्तपुरलाई आधुनिक र परिस्कृत बनाउने अभियान सञ्चालन गरेको र त्यसलाई जनताले प्रत्यक्ष साथ दिन नेकपाका उम्मेदवार ढकाललाई मतदान गर्न आग्रह गर्नुभयो ।

घरदैलो कार्यक्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य, रोजगारका साथमा भक्तपुरको विकास जनताको लागि अपरिहार्य भएको बताउँदै नेकपाका उम्मेदवार ढकाललाई निर्वाचित गराउन जनता नै आफै मैदानमा आइसकेको जानकारी गराउनुभयो ।

विगतको लामो कार्यकालमा अन्य पार्टीले निर्वाचनको समयमा मात्र जनतालाई प्रयोग गर्ने तर निर्वाचित भएपश्चात जनतालाई विर्सने गरेकाले यो उपनिर्वाचनमा जनताले नेकपाको उम्मेदवार ढकाललाई विजयी गराउन प्रतिवद्ध रहेको उल्लेख गरिएको छ । प्रतिनिधिसभाका सांसद बस्नेतले जहिले पनि जनताको सारथी भएकै कारण यो निर्वाचनमा जनताको दुःख सुखको सारथी बन्ने नेकपाका उम्मेदवार ढकाललाई मतदान गरी विजयी बनाउनेमा दृढताका साथ जनता स्वतफूर्त मैदानमा रहेको समेत जानकारी गराइएको छ ।

बरिष्ठ नेता नेपाल सहितको टोलिले गरेको घरदैलो कार्यक्रममा सांसद बस्नेत, प्रदेश सांसद शशी जंग थापा, उम्मेदवार ढकाल, नेकपाका इन्चार्ज दिपिल प्रजापति, सहइन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायतका नेकपाका नेता तथा कार्यकर्ता र स्थानीयवासीको व्यापक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्