किराँत धर्मका प्रवर्तक फाल्गुनन्दको १३५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, २५ कार्तिक । नेपालका १६ औं राष्ट्रिय विभुती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती पूर्वी नेपालका विभिन्न जिल्लामा आज मनाइँदैछ ।

सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसं. १९८८ वैशाख २५ गते पाँचथरको लब्रेकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो । यो घटनालाई इतिहासमा ‘सत्य हाङ्मा ९धर्म० मुचुल्का’को रुपमा चिनिन्छ ।

किरात धर्मको समाज सुधारकको रुपमा परिचित उनै महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्ती आज किरात धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदैछन् । नेपाल सरकारबाट २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ साल कात्तिक २५ गते आइतबार प्रदेश न। १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।

किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाउनुभएको थियो ।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन हुनुभएका उहाँलाई किरात धर्मावलम्बीहरुले देवदूतको रुपमा उच्च सम्मान गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, २० जेठ । आज झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा

पोखरा, २० जेठ । सुत्केरी भइसकेपछि उच्च रक्तचाप र प्रोटिनको कमीबाट कमजोर महिलाको हेलिकप्टरबाट उद्धार गरी पोखरा ल्याइएको छ ।

हेटौंडा, २० जेठ । मकवानपुरकाे हेटौंडास्थित चौघडा सडक खण्डमा ट्रकको ठक्करबाट एक जनाकोे मृत्यु भएको छ । कान्तिलोक पथ अन्तर्गत

भक्तपुर, २० जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाकी कोराना भाइरस (कोभिड–१९) संक्रमित गर्भवती रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका