राष्ट्रपति भण्डारीद्वारा ‘फाल्गुनन्द जयन्ती’का अवसरमा शुभकामना

काठमाडौँ, २५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहनुहुने किराँत धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना दिनुभएको छ ।

उहाँले फाल्गुनन्दको प्ररणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास आफूले लिएको उल्लेख गर्नुभएको छ ।

फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याएकामा उच्च कदर गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणासमेत गरेको राष्ट्रपति भण्डारीले स्मरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा