एक लाखको कलम

एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा बढी छ । प्रत्येक वर्ष चित्रगुप्त पूजाको अवसरमा बिक्री हुने गरेको कलम यस वर्ष एक लाख १०५ मा बिक्री भयो ।

राजविराज–८ निवासी रेखादेवी कर्णले उक्त कमल खरिद गरिन् । राजविराजस्थित चित्रगुप्त मन्दिरमा बुधबार आयोजित एक कार्यक्रममा उक्त कलम कर्णलाई हस्तान्तरण गरिएको थियो ।

कलमका देवता तथा मानिसको पाप र पुण्यको लेखाजोखा राख्ने देउताको रुपमा भगवान् चित्रगुप्तको पूजा गरिन्छ । चित्रगुप्तको पूजामा चढाइने कलम खरिद गर्ने व्यक्तिले चाँडै आफ्नो क्षेत्रमा  सफलता प्राप्त गर्ने विश्वास छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक