कुटपिट गर्ने जनप्रतिनिधि समातिए

पाल्पा, ७ कार्तिक । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेको छ । तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जातीय छुवाछूतविरुद्ध कसुर ऐन र कुटपिटसम्बन्धी पीडित नेपालीले दिएको उजुरीका आधारमा प्रहरी विष्टलाई पक्राउ गरेको हो । विष्टलार्ई बुधबार बेलुकी नै जिल्ला अदालत पाल्पाबाट आठ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, १६ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको विकल्प खोज्ने कतै चर्चा

काठमाडौँ, १६ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च अंकको आर्थिक वृद्धिसँगै मुलुकमा वित्तीय स्थाष्त्विमा समेत ध्यान दिनु पर्ने बताएका

काठमाडौँ, १६ फागुन । श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ ।

काठमाडौँ, १६ फागुन । दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक