हिउँले पुरिएर एक जनाको मृत्यु : दुई घाइते

पोखरा, ७ कार्तिक । कास्कीको अन्नपूर्ण गाउँपालिकामा हिउँमा पुरिएर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पोखरा–५स्थित पस्र्याङ बस्ने १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ । कास्कीको अन्नपूर्ण–११ स्थित देउराली बेस क्याम्पनजिक बगरमा तीन पोखरेली युवक हिउँको चट्टान फुटेर पुरिएपछि दुई जनाको उद्धार गरी पोखरा ल्याइएको छ ।

उनीहरु सो क्षेत्र घुम्नका लागि गएका थिए । उद्धार गरी पोखरा ल्याइएका पोखरा–११ बस्ने २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ बस्ने १८ वर्षीय निरञ्जन कोइरालालाई पोखरा मणिपाल अस्पतालमा भर्ना गरिएको छ । दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ८ साउन । गण्डकी प्रदेशमा प्रदेश प्रमुख सीता कुमारी पौडेलले थप ६ जना मन्त्रीहरुलाई सपथ गराएकी छन् । कांग्रेसबाट

काठमाडौँ, ८ साउन । एमाले नेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेश कहाँबाट आएको र आफुले थाहनै नपाएको बताएका छन्

काठमाडौँ, ८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । शुक्रबार बिहान

काठमाडौं, ८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छ । प्रधानमन्त्रीबाट हटेपछि