राष्ट्रपति भण्डारीको भ्रमणमा म्यानमारले दियो उच्च प्राथमिकता

काठमाडौँ, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणबाट नेपाल–म्यानमार सम्बन्ध नयाँ उचाइमा पुगेको छ । उतिबेला बर्मा भनिने हालको म्यानमारसँग नेपालको पुरानो जनस्तरको सम्बन्धलाई राष्ट्रपतिको भ्रमणले नवीकरण गरेको छ ।

यतिमात्र होइन, लोकतान्त्रिक आन्दोलनको एक नेत्रीका रूपमा बर्माको लोकतान्त्रिक आन्दोलनका पिता बोग्योक आङ सन सङ्ग्रहालय भ्रमण गरेर दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाएको अभिव्यक्ति यहाँका कूटनीतिज्ञ, व्यापारी, बुद्धधर्मका अनुयायी तथा सर्वसाधारणले दिएका छन् ।

म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका राष्ट्रपति भण्डारीको पाँचदिने भ्रमण (असोज २९ देखि कात्तिक ३)ले दुवै देशका सरकार र नागरिकस्तरमा समेत विशेष चर्चा र उच्च महत्त्व पाएको छ । नेपाली राष्ट्राध्यक्षको चार दशकपछि भएको यो राजकीय भ्रमणले नेपाल–म्यानमार सम्बन्धमा गुणात्मक फड्को मारेको विश्वास गरिएको छ ।

म्यानमारको नयाँ राजधानी नेपितो नेपालका राष्ट्रपतिको स्वागतमा पूरै सिँगारिएको थियो । सडकका चोकचोकमा फहराइएका नेपालका झन्डा र पानीका आकर्षक फाउन्टेन देखेर स्थानीय बुद्धको भूमिबाट म्यानमारमा भ्रमण गरिरहेकी नेपालका राष्ट्रपतिको विशेष महत्त्व राख्दै चासो अभिव्यक्त गरिरहेका थिए । म्यानमारका राष्ट्रपतिको भवनमा गरिएको राष्ट्रपति भण्डारीको भव्य स्वागत र ओजपूर्ण सम्मानगारत निरीक्षणलाई म्यानमारका सञ्चारमाध्यमहरूले महत्त्वका साथ प्रकाशन र प्रसारण गरिरहे । योे समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२