हेटौँडा कपडा उद्योग लिमिटेड दुई दशकदेखि बन्द

काठमाडौँ, ३ कार्तिक । चीन सरकारको सहयोगमा स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड झन्डै दुई दशकदेखि बन्द छ ।

आन्तरिकसँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि उद्योग बन्द गर्ने निर्णयमा तत्कालीन सरकार पुगेको थियो । बन्द भएको सुती कपडा उत्पादन गर्ने रोजगारमूलक उद्योग पटक पटक पुनः सञ्चालनको तयारी भए पनि असफल हुँदै आएको छ ।

एक हजार चार सय जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यका साथ स्थापना गरिएको उद्योगले बन्द हुँदाको समयमा एक हजार १५० जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएकोमा पछिल्लो समय सशस्त्र प्रहरी बलको बेस क्याम्पमा परिणत भएको छ ।

२०५७ सालमा अर्थ मन्त्रालयबाट बजेट निकासा गरी उद्योगमा कार्यरत कामदार कर्मचारीले पाउने सेवा सुविधाबापतको सम्पूर्ण दायित्व भुक्तानी गरेर बन्द गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरीहरुबिच प्रतिस्पर्धी हुने भएको छ । आयोजक उमङ्ग क्रियशनले बिहिबार साँझ दरबारमार्थस्थित

काठमाडौँ, ५ कार्तिक । नेपाली फिल्म ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको छ । फिल्मका निर्देशक मुकुन्द भट्टले सुनिललाई

काठमाडौँ, ५ कार्तिक । नेपालले अस्करको ९४औँ संस्करणमा भाग नलिने भएको छ । नेपालको अस्कर कमिटीले १९ असोजमा अन्तर्राष्ट्रिय फिचर विधाका

काठमाडौँ, २६ असोज । बलिउडका नायक अमिताभ बच्चनले एक पान मसलाको विज्ञापन नगर्ने घोषणा गरेका छन् । आज आफ्नो ७९ औं

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021