सीकाे नेपाल भ्रमणपछि चीन खुसी, अब रणनीतिक साझेदारी

काठमाडौँ, २ कार्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ । नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक साझेदारीमा भ्रमण उपयोगी रहेको चिनियाँ अधिकारीको बुझाइ छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थाओले आआफ्ना मातहतमा भ्रमण सफल भएको भन्दै सहमति र सम्झौता फलोअपमा दत्तचित्त हुन निर्देशन दिएको बेइजिङका अधिकारीले बताए । समकक्षीहरूसँग भ्रमण सफलताको व्याख्यासमेत उनीहरूले गरेको बेइजिङका ती उच्च अधिकारीले बताए । नेपालमा लामो समयदेखि यो स्तरको भ्रमण नभएको र अर्को छिमेक अनि मित्र राष्ट्रहरूको प्रभाव परिरहेको अवस्थालाई मध्यनजर गर्दै भएको भ्रमण फलदायी भएको समीक्षा उनीहरूले गरेका छन् । बीआरआईमा नेपालको साथ दृढ रहेको र नेपालसँगका परियोजना अगाडि बढाउनुपर्ने चिनियाँ समीक्षामा उल्लेख छ ।

विदेशमन्त्री वाङले आफ्नो मन्त्रालयमा र थोङले पार्टीमा यस्तो समीक्षा गरेका थिए । भ्रमणको समीक्षा लिखित रूपमा मन्त्रीहरू र सम्बन्धित निकायमा प्रस्तुत भएको जानकारी बेइजिङले दिएको छ । ती उच्च अधिकारीले नेपाललाई चीनले राजनीतिक प्राथमिकता दिएको बताए ।

उनीहरूले भ्रमण सफलतापूर्वक सम्पन्न गराएकोमा नेपाल सरकार, बेइजिङस्थित नेपाली दूतावास र काठमाडौंस्थित चिनियाँ दूतावासलाई धन्यवाद दिएका छन्। चिनियाँ अधिकारीले नेपाली सञ्चारमाध्यमले भ्रमणलाई उच्च प्राथमिकता दिएको र जनस्तरमा नेपाल–चीन सम्बन्धबारे अधिक जानकारीसमेत दिएको जनाएका छन् । उनीहरूले सञ्चारमाध्यमप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् ।

उनीहरूले सीको भारत भ्रमण पनि सफल र उपयोगी रहेको समीक्षा गरेका छन् । बजार विस्तारका साथै आफ्ना उत्पादन एसियाको ठूलो बजारमा पुर्‍याउन सहजीकरणको भूमिकाका लागि भारत–चीन मिलेर अघि बढ्नुपर्ने धारणा चिनियाँको छ । त्यही आधारमा भारतमा छलफल भएको र आसियान प्लस मुलुकमा उनीहरू अग्रसर रहेको सार्वजनिक भएको थियो । यो खबर आजको अन्नपूर्ण पाेस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्