अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई मन्त्री पोखरेलको निर्देशन

काठमाडौँ, १ कार्तिक । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने ढङ्गबाट अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई निर्देशन दिएका छन् ।

सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिन उहान पुगेका मन्त्री पोखरेलले खेलाडीले गर्ने व्यवहारले देश र सङ्गठनको छवि झल्कने भएकाले अनुशासित भई ज्ञानलाई कुशलतापूर्वक प्रयोग गर्न सुझाव दिएका हुन ।

उनले भने, ‘यो खेलमा सहभागिता नेपालीका लागि निकै महत्वपूर्ण हो, सेनाका खेलाडीका लागि विशेष अवसरका रुपमा रहेको छ, नेपाल र नेपालीको छवि उच्च राख्ने गरी प्रतियोगितामा खेलाडीले प्रस्तुत हुनुपर्छ, प्रतियोगितामा भाग लिन पाउँदा हाम्रो गौरव बढेको छ ।, यहाँ हामीले राम्रो बोली, व्यवहार, चरित्र र क्रियाकलाप देखाउनुपर्छ ।’

इन्टरनेशनल मिलिटरी स्पार्टस् काउन्सिल (सिआइएसएम)को समयन्वयमा यस पटकको गृष्मकालीन विश्व सैनिक खेलकूद प्रतियोगिता चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको हो । प्रत्येक चार वर्षमा हुने सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ ।

नेपालसहित  विश्वका १०५ मुलुकमा १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

उक्त अवसरमा उपरथी शनिचन्द्रबहादुर सिंह र महासेनानी शशिकिरण रायमाझीले सातौँ प्रतियोगिताको वस्तुस्थिति र नेपाली खेलाडीको तयारी अवस्थाबारे जानकारी गराएका थिए । प्रतियोगिताको उद्घाटन आज राति ८ बजे हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021