पाइप लाइनबाट डिजेल ढुवानी : नोक्सानी शून्य

काठमाडौँ, १ कार्तिक । पाइप लाइनबाट डिजेल ढुवानी सुरु गरेसँगै ढुवानीको क्रममा हुने नोक्सानी अन्त भएको छ ।

आयल निगमका अनुसार ढुवानीका क्रममा हुने तापक्रम, चुहावटका कारण इन्धन नोक्सान भइरहेको थियो । भदौ २४ गतेदेखि औपचारिक रुपमा पाइप लाइनबाट ढुवानी भएपछि नोक्सानी अन्त भएको हो ।

‘ट्ंयाकरबाट ढुवानी हुँदा तापक्रमका कारण केही प्रतिशत लस हुन्थ्यो । ग्यासबाट लिक भएर पनि जान्छ ।’ अमलेखगञ्ज डिपो प्रमुख प्रदीपकुमार यादवले भने, ‘अहिले पाइपबाट आउँछ । मोटरले तान्छ । तातोचिसो हुन पाएन । त्यसैले अहिले कुनै लस भएको छैन ।

ढुवानीमा जिरो लस छ ।’ जानकारका अनुसार ट्ंयाकरबाट ढुवानी गर्दा तापक्रमसँगै इन्धन चोरी हुँदै आएको थियो । अहिले भने सम्पूर्ण लस बन्द भएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021