चक्रपथ विस्तारको अन्तिम तयारीमा, तीन अन्डरपास बन्ने

काठमाडौँ, १ कार्तिक । विस्तारको अन्तिम तयारीमा पुगेको चक्रपथको कलङ्की–महाराजगञ्ज खण्डमा तीनवटा ‘अन्डरपास’ निर्माण हुने भएको छ । करिब आठ किलोमिटर चक्रपथको सो खण्डको प्रत्येक किलोमिटरको दूरीमा आकाशे पुल पनि निर्माण गरिने छ । त्यसका लागि संरचनाहरू हटाउने काम अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ ।

सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाका अनुसार ‘अन्डरपास’ निर्माण गर्न चीन सरकारसँग औपचारिक प्रस्ताव स्वीकृत भइसकेको छ । उहाँले कलङ्की चोकमा जस्तो गाडी गुड्ने तीनवटा अन्डरपास बनाइने बताउनुभयो । चक्रपथको महाराजगन्ज चोक, गोँगबु चोक र बालाजु चोकमा ‘अन्डरपास’ निर्माणका लागि प्रस्ताव गरिएको जानकारी प्रमुख थापाले दिनुभयो ।

उहाँले भन्नुभयो, “भविष्यमा चक्रपथमा हुन सक्ने सवारीसाधनको चापलाई दृष्टिगत गरी विस्तार गर्न लागिएको हो ।” यसअघि चीनसँग भएको सम्झौतामा चक्रपथ विस्तार गर्ने मात्र उल्लेख गरिएको छ ।

अन्डरपास निर्माणको मोडालिटी र अन्य अध्ययन गर्न यसै महिना चिनियाँ डिजाइन टोली आउने भएको छ । नेपाल विद्युत प्राधिकरणले यस खण्डमा विद्युत्को खम्बा सार्न माग गरेको १० करोड ७२ लाख रुपियाँ सडक विभागले असारमै भुक्तानी गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021