प्रहरी नायब निरीक्षक बलात्कार अभियोगमा पक्राउ

काठमाडौँ, ३० असोज । बलात्कार अभियोगमा बाँकेमा कार्यरत एक जना प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् ।

नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर रानामाथि एक जना महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोग लागेपछि उनी पक्राउ परेका हुन् ।

पीडित प्रशिक्षार्थीको जाहेरीको आधारमा प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

असोज २६ गते आफूमाथि बलात्कार भएको बेहोरासहितको जाहेरी दिएपछि सोही दिन नै प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरेर हिरासतमा राखिएको र असोज २७ गते जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका प्रहरी नायब निरीक्षक राना र पीडित युवती नाताले साली भेना हुन् । उनले होटलमा खाजा खान भनि लगेर जबरजस्ती बलात्कार गरेको आरोप लगाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । साताको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से १४.७० अंकले घटेको छ । बैंक ब्याजदरमा राष्ट्र बैंकको

काठमाडौँ, ४ कार्तिक । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ

काठमाडौँ, ४ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले बढेर

काठमाडौँ, ४ कार्तिक । नेपाल राष्ट्र बैङ्कले आज रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021