माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते

धनुषा, ३० असोज । धनुषामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुई महिला घाइते भएका छन् ।

बिहीबार धनुषाधाम नगरपालिका ५ नौसयमा माटो खन्ने क्रममा ढिस्को खसेपछि पुरिएर सोही नगरपालिका -२ बस्ने श्रीप्रसाद यादवीकी १३ वर्षीया छोरी अञ्जली कुमारी यादव मृत्यु भएको हो ।

माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी अञ्जलीलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

ढिस्कोमा परेर धनुषाधाम–२ की रिंकु यादव र ममता महतो घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी

काठमाडौँ, १३ वैशाख । फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका

काठमाडौँ, १२ वैशाख । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’ले उच्च शो पाएको छ । आजबाट अग्रिम बुकिङ

काठमाडौँ, १२ वैशाख । फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण