मेस्सीलाई छैटौं पटक गोल्डेन बुट

एजेन्सी, ३० असोज । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले छैटौं  पटक गोल्डेन बुट प्राप्त गरेका छन ।

पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एमबाप्पेलाई ३ गोलले पछि पार्दै २०१८/२०१९ को सिजनमा सर्वाधिक गोलकर्ता बनेर मेस्सीले गोल्डेन बुट प्राप्त गरेका हुन् ।

मेस्सीले २०१८/२०१९ सिजनमा ३६ गोल गरेका थिए । उनले गोल्डेन बुट जितेको यो लगातार तेस्रो पटक हो । फुटबलको इतिहासमा ६ पटक गोल्डेन बुट प्राप्त गर्ने मेस्सी पहिलो खेलाडी हुन् ।

उक्त अवार्ड कार्यक्रममा बोल्दै मेस्सीले भने, ‘मेरो परिवार, प्रशिक्षक, साथी सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछु । तपाइँहरुको साथले गर्दा आज म यहाँ उपस्थित हुन पाएको छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान प्रभावित भएको छ । मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले