जलवायु परिवर्तनको प्रभाव : खाद्यान्न सङ्कट

काठमाडौँ, ३० असोज । विश्व भोकमरी सूचाङ्कमा नेपाल ७३औँ स्थानमा परेको छ । जबकी अघिल्लो वर्ष ७२औँ स्थानमा थियो । ग्लोबल हङ्गर इन्डेक्सका अनुसार ११७ देश सम्मिलित सूचाङ्कमा नेपाल उक्त सूचीमा परेको हो ।

उक्त सूचीअनुसार दक्षिण एसियालीमा नेपाल राम्रो स्थितिमा छ । भारत यो सूचीमा १०२ स्थानमा परेको छ । दक्षिण एसियाली मुलुकमा भोकमरीमा नेपालको भन्दा श्रीलङ्काको स्थिति राम्रो छ । जुन सूचाङ्कमा श्रीलङ्का ६६औँ स्थानमा रहेको छ ।

सो सूचीमा अफगानिस्तान, पाकिस्तान, बङ्गलादेश, नेपालभन्दा पछाडि परेका छन् । यो सूची अनुसार अफगानिस्तान १०८ पाकिस्तान ९४, बंगलादेश ८८औँ स्थानमा पुगेको छ । भुटान र माल्दिभ्स भने सूचीमा समावेश छैनन् ।

यो सूचीको पहिलो नम्बरमा बेलारुस रहँदा सूचीको अन्तिममा सेन्ट्रल अफ्रिकन रिपब्लिक रहेको छ । यो सूची तयार गर्दा कुपोषित बालबालिकाको सङ्ख्या, बाल मृत्युदर, बच्चाको लम्बाइअनुसार तौल नहुनुलगायतका कुरालाई समेटिन्छ ।

ग्लोबल हङ्गर इन्डेक्समा नेपालले पछिल्लो दुई दशकयता निरन्तर सुधार देखाएको छ । तथ्याङ्क अनुसार सन् २००० मा ३६ दशमलव आठ अङ्क पाएको नेपालले सन् २००५ मा ३१ दशमलव ३ अङ्कमा झारेको थियो । सन् २०१० मा २४ दशमलव ४ अङ्क प्राप्त गरेको नेपालले सन् २०१९ मा आइपुग्दा सुधार गर्दै अङ्क २० दशमलव ८ मा झारिसकेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी

काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021