सुनसरी, २९ असोज । सुनसरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।
बुधबार धरान उपमहानगरपालिका–८ तिनकुनेमा को १ ख १९३० नम्बरको बसले को २१ प २३६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार ६१ वर्षीया कालीमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटर चालक कालीमायाका श्रीमान् भने सकुशल रहेका छन् । बस सहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।