सिंहदरबारभित्रै ‘कामचोर’ कर्मचारी

काठमाडौँ, २९ असोज । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै निजामती कर्मचारीहरू अत्यधिक रूपमा कामचोर देखिएका छन् । समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदो छ ।

माथिल्लो तहबाट सशक्त अनुगमन नहुँदा कर्मचारीमा कुनै त्रास देखिँदैन । यस्तै समस्या अन्य सरकारी कार्यालयमा पनि छ ।

कर्मचारीमा कामचोर प्रवृत्ति मौलाउँदै जान थालेपछि प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा आकस्मिक छड्के जाँच गरेको छ ।

छड्के जाँचका क्रममा सयौं कर्मचारी बिनाजानकारी अनुपस्थित रहेको पाइएको हो । सतर्कता केन्द्रका अनुसार मन्त्रालयका कर्मचारीहरूले नै नियमको पालना नगर्ने गरेको पाइएको छ । केन्द्रले कार्यालय समयमा गरेको अनुगमनका क्रममा निम्नदेखि उच्च तहका कर्मचारीले अनुशासन उल्लंघन गरेको पाइएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित वक्तृत्वकलामा पद्मकन्या माविको कक्षा दसकी जस्मिन भुजेल प्रथम हुनुभएको छ ।

काठमाडौँ, १४ फागुन । काठमाडौँको दक्षिणकाली नगरपालिका-६ मा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  गएराती नाम्चेखानीबाट फर्पिङका लागि छुटेको

भैरहवा, १४ फागुन । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव (२१) र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव (२२) दुई

काठमाडौँ, १४ फागुन । कोरोना  भाइरस  सङ्क्रमणबाट  मृत्यु  हुनेको  सङ्ख्या  पुनः  थप  भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी 

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021