धादिङ, २८ असोज । सिद्धलेख गाउँपालिका २ चक्कुले आफ्नै घाँटी काट्दा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
मंगलबार विहान साढे ९ बजे तरकारी काट्ने चक्कुले आफ्नै घाँटी रेटेका ५० वर्षका गोपालबहादुर ब्याजबासी मगरको उपचारका लागि धादिङपेशीस्थित अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।