काठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को मध्यपूर्व संयोजकमा प्रविन गुरुङले उम्मेदवारी दिई आफ्नो चुनावी प्रचार अभियान तीव्र पार्नुभएको छ ।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० को आज हुने महाधिवेशनमा चर्चित युवा व्यवसायी र समाजसेवामा गुरुङ्गले मध्यपूर्व संयोजक पदमा उम्मेदवारी दिई प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।
एनआरएनए मध्यपूर्वमा परिचित गुरुङले भन्नुभयो, ‘मध्यपूर्व उपसंयोजकपछि जाने भनेको स्वत संयोजकमा नै हो, आफ्नै साथीभाईलाई निस्वार्थ भावानाले सहयोग र साथ दिँदा आज म यहाँसम्म छु, त्यही भएर उम्मेदवारी घोषणा गरेको छु । गैरआवासीय नेपाली संघ नेपाल र नेपालीका लागि सारथी वनेको छ, विश्वको जुनसुकै भुगोलमा रहेतापनि नेपाल र नेपालीको राहत तथा उद्धारका लागि हामी जुटिरहेका छौं, त्यति मात्र होइन नेपालमा लगानीको वातवरण श्रृजना गरी लगानी बढाउन पहल गरिरहेको छ । आज खाडीको देश कतारमा रहेर हाँसिल गरेको अनुभवलाई गैरआवासीय नेपाली संघको माध्यमवाट नेपाल सरकार वा सरोकार पक्षसँग हरेक समस्याका समाधानका लागि क्याप्सुलको रुपमा काम गर्नेछु ।’
एनआरएनले गरेका कामहरुलाई बाहिर ल्याउन र सहकार्यसहित अघि बढ्नका लागि एउटा संयन्त्र बनाउनु पर्ने गुरुङको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘हामी हामीबिचको नेटवर्कले तत्काल समाधान गर्न सकिएला तर दीर्घकालीन समाधान गर्न सकिँदैन । दीर्घकालीन समाधानका लागि एनआरएन, नेपाली दूतावास, नेपाल सरकार र सम्बधित देशको सरकारका प्रतिनिधि सहितको समयन्त्र बनाउन सके जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ ।’
एनआरएनए अभियानमा विगत एक दशकदेखि आफु निरन्तर लागिरहेको बताउँदै गुरुङले आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराउन नै मध्यपूर्वी संयोजकमा उम्मेदवारी दिएको बताउनुभयो । ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छु’ गुरुङले भन्नुभयो ।
भरतपुर महानगरपालिका गुन्जनगरका गुरुङ विगत सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहनुकोे छ । गुरुङले सन् २०११ सालमा एनआरएनए कतारको पञ्जिंकृत सदस्यता लिनुभएको थियो । उहाँ एनआरएनए कतारको २०१५–२०१७ को कार्यकालका लागि निर्विरोध निर्वाचित द्धितिय उपाध्यक्ष हुनुहुन्छ ।
‘युवाहरुको ठुलो जमात रहेको खाडी मुलुकमा युवाहरुलाई एकजुट बनाएर आफ्नो परिवार र मातृभुमी प्रती जिम्मेवारी वहन गर्नका लागी प्रेरणा दिन सकियो भने त्यो पनी एउटा ठूलो सहयोग हो जस्तो लाग्छ । एनआरएनए हामी प्रवासीहरुको विशुद्ध सामाजिक संस्था हो तर हामीले यहाँ कार्यरत नेपालीहरुलाई विश्वास दिलाउन नसकिरहेको अवस्थामा मैले आफ्नो ठाउबाट सक्दो पहल गरी हामी प्रवासी नेपालीको साझाँ संस्था हो भनेर चिनाउने प्रयास गर्ने छु ।’
अहिले उनले ग्रिन ग्रास ट्रेडिङ्ग एण्ड कन्ट्रयाकटिङ, ह्वाईट कार्पेट क्लिनिङ्ग एण्ड हस्पिटालिटी र ह्वाईट मुन क्लिनिङ्ग एण्ड हस्पिटालिटी, ब्लु माउन्टेन क्लिनिङ्ग एण्ड कन्ट्रयाकटिङ, दोहा फरईभर क्लिनिङ्ग एण्ड कन्ट्रयाकटिङ, भिक्टर एण्ड भ्यालेन्टिनो टे«डिङ्ग एण्ड कन्ट्रयाकटिङ, भिक्टर क्लिनिङ्ग, गुरुङ क्लिनिङ्ग एण्ड हस्पिटालिटी, उईन्टर टे«डिङ्ग एण्ड कन्ट्रयाकटिङलगायतका कम्पनीहरु सन्चालन गरी नेपाली तथा विदेशीहरुलाई रोजगारीको अवसर दिइरहनुभएको छ भने पाँच महिना अगाडि मात्रै कतारमा दोहोरी साँझ खोल्ने पहिलो नेपाली बन्न सफल हुनुभएको छ ।