साथीलाई छुरा प्रहार गर्ने पक्राउ

धरान, असोज २८ । आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई प्रहरीले आज पक्राउ गरेको छ ।

चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सविनको पेट, ढाड, बायाँ काखीमुनि र निधारको यत्रतत्र भागमा छुरा प्रहार भएको थियो । सविनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । एमाले नेता भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका छन् । आज

काठमाडौँ, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार

काठमाडौँ, ८ बैशाख । अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत् उत्पादन गर्न विश्व बैंकले साढे ८ सय

काठमाडौँ, ८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । आज