रौतहट, २८ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताफ आलमको म्याद अदालतले सात दिन थप गरेको छ ।
राजपुर बमकाण्डका आरोपी आलमलाई अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धान गर्नका लागि प्रहरीलाई म्याद प्रदान गरेको छ । २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा असोज २६ गते प्रहरीले आलमलाई पक्राउ गरेको हो ।