काठमाडौँ, २८ असोज । देशभर चिसो बढ्नेक्रम शुरु भएको छ ।
मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।
पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण उपत्यकासहित मुलुकभर चिसो बढ्ने गरेको महाशाखाले जनाएको छ ।
मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्नै साथै सिजनल इफेक्टले न्यूनतम तापक्रम तलमाथि भइरहने बताइएको छ ।उपत्यकामा दिउँसोपख घाम लागे पनि बिहान र बेलुकाको समयमा चिसो हुने गरेको छ ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम २७ दशमलव ३ डिग्री सेल्सियस रहेको छ ।