नक्कली सुन बेच्ने तीन भारतीय नागरिक पक्राउ

धनुषा, २८ असोज । धनुषाबाट नक्कली सुन बेचेर ठग्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति सुन जस्तो देखिने धातुलाई सुन हो भनी क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा चोकस्थित बिकेटी ज्वेलर्समा बिक्री गर्ने ५५ वर्षीय राम कुमार बर्मा, ६० वर्षीया शान्ति देवी र ३५ वर्षीया सिमा देवीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुन जस्तो देखिने धातुबाट बनेका कानको रिङ ६ थान, टप ६ थान, औंठी १ थान र लकेट १ थान उक्त पसलमा विक्री गरेका थिए । उक्त सामान नक्कली सुनबाट बनेको थाहा पाउनासाथ पसलले प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय

वासिङ्टन डिसी, ६ बैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका

काठमाडौँ, ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल विस्तार गरेका गरेका छन् ।  संसद्का विषयगत समिति सभापतिमा कुरो

काठमाडौँ, ६ वैशाख । स्वयंसेवी संस्था नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा भाडामा लिएका सांसद तथा कांग्रेस केन्द्रीय सदस्य