नवलपरासी, २८ असोज । नवलपरासीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना भएका छन् ।
पूर्व कावासोतीमा नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका स्थानीय ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।
स्थानीयवासी वनभित्र दाउरा र खर काट्न गएका बेला तामाङको शव स्थानीयवासीले फेला पारेका थिए । अर्का एक जना कावासोती–१३ कै ३३ वर्षीया बुद्धिमाया गुरुङलाई पनि गैँडाले आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते भएकी उनकोे भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।