काठमाडौँ, २८ असोज । काठमाडौँमा गैरआवासीय नेपाली (एनआरएनए)को नवौं विश्व सम्मेलन सुरु भएको छ ।
१५०० भन्दा बढी गैरआवासीय नेपाली तथा सरकार, नीजि क्षेत्र विकास साझेदार तथा सरोकारवाला सहभागी विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छ्न् ।
एनआरएनएको विश्व सम्मेलन तथा अधिवेशनले आगामी कार्यकाल २०७६–७८ का लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।