सुनसुरी, २८ असोज । सुनसुरीमा दुई ओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
सोमबार साँझ कोशी गाउँपालिका–४ शिवचोक नजिकै को २२ प ८०४९ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको को २९ प ६८५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका ८०४९ नम्बरको मोटरसाइकलका चालक वर्षीय निरीराज गिरीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोही मोटरसाइकलमा पछाडी चढेका फत्तेपुर नगरपालिका–२ का ५० वर्षीय भक्त बहादुर बिष्ट, ७८५३ नम्बरको मोटरसाइकल चालक इनरुवा नगरपालिका–४ का २३ वर्षीय सबिर आलमको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने ७८५३ नम्बरको मोटरसाइकलमा पछाडी चढेका इनरुवा नगरपालिका–४ का ३३ वर्षीय रियाज मियाको जिल्ला अस्पताल इनरुवामा उपचार भईरहेको छ ।