मेलम्ची आयोजनाले माग्यो कार्ययोजना

काठमाडौँ, २८ असोज । मेलम्ची खानेपानी आयोजनाले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग कार्ययोजना माग गरेको छ । मेलम्चीको सुरुङ र मुहान क्षेत्रको बाँकी रहेको काम सम्पन्न गर्न आयोजनाले कार्ययोजना मागेको हो ।

इटालियन निर्माण कम्पनी सीएमसी दि रिभेनाले अधुरो छोडेर बाँकी रहेको काम पूरा गर्न आयोजनाले नयाँ ठेक्का लगाएको थियो । यसमा चिनियाँ कम्पनी छनोट भई असोज १२ गते सम्झौतासमेत भइसकेको छ । आयोजनाले ठेकेदारसँग एक हप्ताभित्र कार्ययोजना पेस गर्न पत्राचार गरेको आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए ।

अहिले ठेकेदारहरूले कार्यक्षेत्र अवलोकन गरिरहेकाले फर्केर आएलगत्तै कार्ययोजना पाउनेमा विश्वस्त रहेको उनले बताए । बहुप्रतीक्षित आयोजनाका रूपमा हेरिएको यस आयोजनाले २७ किलोमिटर सुरुङमार्ग पार गर्दै काठमाडौं उपत्यकाबासीलाई मेलम्ची खोलाको पानी खुवाउने योजना छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

काठमाडौँ, १३ फागुन । व्यवस्थापनले श्रमजीवि पत्रकारको हक अधिकारको स्थायित्व गर्नुको साटो उल्टै रोजिरोटीबाटै विमुख हुने अबस्था सिर्जना गराएको भन्दै

काठमाडौँ, १३ फागुन । पूर्वाधार विषयमा समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीले खोजी पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।  नेपाल आर्थिक पत्रकार

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021