उदयपुर, २७ असोज । नेपाली कांग्रेस जिल्ला सभापतिसहित आठ जना तासको खालबाट प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ सदरमुकाम गाईघाट स्थित एनआईसी बैंक रहेको नेपाली कांग्रेसका क्षेत्रिय सभापति बसन्त बस्नेतको घरबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपाली कांग्रेस क्षेत्रिय सभापति समेत रहेका त्रियुगा नगरपालिका–११ का बसन्त बस्नेत, सुमन्त कोईराला, दुर्गा श्रेष्ठ, किरण पाण्डे, भबिन्द्र खत्री, लुमुनिराम कार्की, बालकृष्ण कार्की र राजु राउत रहेका छन् ।
उनीहरुको साथबाट १ लाख ८० हजार ७ सय २० रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।