काठमाडौँ, २७ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चिनिया राष्ट्रपति सि चिन फिङको भमणको क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् ।
आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा मन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताए ।
उनले सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको भन्दै निति निर्माणमा संलग्न देखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको टिप्पणी गरे ।
चिनिया पक्षले समेत भ्रमणको क्रमममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराए । उनले चिनिया राष्ट्रपति सिको भ्रमण ऐतिहाँसिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने विश्वाँस व्यक्त गरे ।