जापानमा आएको आँधीमा मृत्यु हुनेको संख्या ३७ पुग्यो

एजेन्सी, २७ असोज । जापानमा आएको आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्राडकाष्टिङ संस्था एनएचकेले जनाएको छ ।

त्यस्तै १७ हराइरहेका छन् भने आँधीका कारण १८९ घाइते भएका छन् । देशको मौसम विज्ञान शाखाका अनुसार धेरै ठाँउमा वार्षिक वर्षाको ४० प्रतिशत एक वा दुई दिनमै परेको थियो ।

जापानका नागरिक टाइफुन हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले वचाउ तथा सफाई अभियान संचालन गरिएको छ ।

जापानको भूमि तथा यातायात मन्त्री २१ जलमार्गका तटबन्ध भत्किएको बताएको छ । कयैन स्थानमा सडकहरु पूर्ण रुपमा हिलो माटोले पुरिएका छन् । ती क्षेत्रका घरहरु दुईदेखि तीन मिटरसम्म पानीमा डुबेको पाइएको छ ।

अधिकारीले नदीनाला छेउका बासिन्दालाई सतर्क रहन सावधान गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ