काठमाडौँ, २७ असोज । चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रहेको प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले ष्कर्ष निकालेका छन ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भ्रमणको समिक्षा भएको हो । उक्त छलफलमा भ्रमण ऐतिहासिक रहेको निष्कर्ष निकालेको हो । २३ वर्षपछि भएको भ्रमण ऐतिहासिक र उपलब्धी मुलक भएको दुई नेताको निष्कर्ष रहेको खुमलटार स्रोतले जानकारी दिएको छ ।
दुवै नेताबीच सीको भ्रमणका विषयमा छलफल केन्द्रीत रहेको साथै उनीहरुबीच पार्टी एकताको बाँकी काम र मन्त्रीहरु हेरफेरका विषयमा पनि छलफल भएको बताइएको छ ।