कञ्चनपुर, २७ असोज । कञ्चनपुरमा गोरुले सिङ्गले हिर्काउँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको हो ।
पानी खुवाउन लैजाने क्रममा गोरुले हिर्काउँदा घाइते भएकी उनलाई तत्कालै उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।