चितवन, २७ असोज । चितवनमा गाडीको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
आज बिहान रत्ननगर नगरपालिका–३ तरकारी चोक नजिकै नम्बर खुल्न नसकेको गाडीको ठक्करबाट साइकलयात्री अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।