बढी भाडा असुल्ने १७ वटा गाडी कारबाहीमा

काठमाडौँ, २७ असोज । प्रदेश २ ट्राफिक प्रहरीले दशैंको बेला यात्रुहरुबाट बढी भाडा असुल्ने १७ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

तोकिएभन्दा बढी भाडा लिने गाडीहरुलाई ट्राफिक प्रहरी कार्यालय, पथलैया र सो मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले कारबाही गरेका हुन् ।

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार यात्रुहरुबाट बढी लिएको भाडा रकम फिर्ता गराई सवारी चालक तथा धनिलाई यातायात व्यवस्था ऐनअनुसार कारवाही गरिने जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय सिरहा र महोत्तरीले पाँच–पाँचवटा तथा जिल्ला ट्राफिक कार्यालय पर्साले चारवटा सवारी साधनलाई कारबाही गरेका छन् । यस्तै जिल्ला ट्राफिक कार्यालय सर्लाहीले दुईवटा र प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले एउटा टाटा सुमोलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ताप्लेजुङ, १८ फागुन । जिल्लाको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार  दोभान बजारमा आगलागी भइरहेको छ ।  आज बिहान १०

पूर्वीनवलपरासी, १८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु भएको छ  भने दुई जना

काठमाडौँ, १८ फागुन । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका बालाजुमा ड्युटीमा

काठमाडौँ, १८ फागुन । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन्

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021