सिरहा, २७ असोज । धनुषा र सिरहा छुट्याउने कमला नदीको किनारमा सकेट बम फेला परेको छ ।
सोमबार बिहान सिरहा करजन्हा नगरपालिका–३ कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको हो । कमला नदीमा बालुवा चाल्ने मजदुरले बालुवा चाल्ने क्रममा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खिया लागेको र पुरानो जस्तो भएकोले बम नदीमा बगेर आएको हुन सक्ने इलाका प्रहरीले जनाएको छ । खोलामा भेटिएको बम डिस्पोजको लागि सिरहाको चोहर्वामा रहेको नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ ।