दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते

कपिलवस्तु, २७ असोज । कपिलवस्तुमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

आइतबार साँझ कपिलवस्तु नगरपालिका–२ मा भारतीय नम्बरका दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा ५५ वर्षीय नरदाई चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । अन्य तीन जना घाइतेको भने सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा