हटौंडा, २७ असोज । मकवानपुरको थाहा नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
आइतबार राति करिब ११ः४० बजे आगजनी गरिएको वडाध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिनुभयो । आगलागीबाट वडा कार्यालयमा रहेका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । विवरण संकलन भइरहेकाले क्षति कति भयो भन्ने अहिले नै भन्न नसकिने प्रहरीले बताएको छ ।