श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

कैलाली, २७ असोज । लम्की चुहा नगरपालिका–१ भरुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको आइतवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आफ्नै घरमा परपुरुषसँग भेटेपछि श्रीमतीलाई श्रीमानले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

उपचारको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा आइतबार राति करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी श्रीमतीसँग भेटिएका पुरुषलाई प्रहरीले तारेकमा छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।