चीनमा फलफूल निर्यात गरिने

काठमाडौँ, २७ असोज । नेपाल सरकारले नेपालमा उत्पादन हुने जुनार र सुुन्तलाजन्य फलफूल चीन निर्यात गर्ने भएको छ । नेपाल र चीनबीच आइतबार भएको २० बुँदे सम्झौताअनुसार जुनार र सुन्तलाजन्य फलफूललाई नेपालले स्वच्छताको प्रमाणपत्र दिएपछि चीन निर्यात गर्न सकिन्छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.युवकद्धज जिसीका अनुसार नेपालमा जुनार तथा सुन्तलाजन्य फलफूलको ‘कोल्ड ट्रिटमेन्ट’ गरेर क्वारेन्टाइनलले प्रमाणपत्र जारी गरेपछि चीन निर्यात गर्न सकिने भएको छ । पहिला अलि झन्झिटिलो थियो । चीनको क्वारेन्टाइनले नेपालको जुनार र सुन्तालालाई स्वच्छ मानिरहेको थिएन ।

अब नेपालले दिने प्रमाणपत्रको आधारमा स्वीकृत दिने भएको छ, सचिव जिसीले बताउनुभयो । उहाँले जुनार र सुन्तला निर्यातका लागि सिन्धुली र रामेछापलाई लक्षित गरेको बताउनुभयो । चीन निर्यात गर्ने गरी उत्पादन छैन तर अब निर्यातको ढोका खुलेपछि उत्पादनमा जोड दिने सचिव जिसीले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा