बिआरआई : विकास र समृद्धिको साझा आधार, चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता

काठमाडौँ, २७ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणका क्रममा चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई नेपाल र चीन दुवै देशले साझा विकासको आधारका रुपमा स्विकारेका छन् । नेपाल भ्रमण गरी राष्ट्रपति सी स्वदेश फर्केलगत्तै जारी भएको संयुक्त वक्तव्यमा बिआरआईको कार्यान्वयनमा समेत जोड दिइएको छ ।

१४ बुँदे संयुक्त वक्तव्यमा दुई देशको सम्बन्धलाई रणनीतिक साझेदारीका रुपमा विकास गर्ने उल्लेख छ । नेपाली पक्षले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेको वक्तव्यमा उल्लेख छ। नेपालको तीव्र आर्थिक विकासका लागि चीन सहयोगी रहने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

दुवै देशले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राख्दै एकअर्काको चासो र सरोकारलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार पार्न चीन सरकार सहयोगी बन्ने, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र द्रुुत आर्थिक विकासका लागि चीन सरकार सहयोगी रहने वक्तव्यमा उल्लेख गरिएको छ । द्विपक्षीय उच्चस्तरीय भ्रमणलाई निरन्तर रुपमा अघि बढाउन दुवै देश सहमत भएका छन् । मन्त्रालयहरु, विभाग, कानुनी निकाय र राजनीतिक दलबीचको आदानप्रदानलाई निरन्तरता दिने व्क्तव्यमा उल्लेख गरिएको छ ।

बिआरआईअन्तर्गत बन्दरगाह, सडक, रेल्वे, हवाईसेवा आदि माध्यमबाट हिमालय वारपार सम्पर्क सञ्जाल विस्तार गर्ने, क्रस बोर्डर रेल्वे निर्माणबारे विस्तृत तहको अध्ययन गर्ने र यसलाई काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे परियोजनाका रुपमा अघि बढाउने, झाङमुर खासा बन्दरगाह पुनर्सञ्चालन, जिलोङ र केरुङ नाकालाई अद्यावधिक गर्ने र लिजिरनेचुङ नाका जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने पनि संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । अरनिको राजमार्गको स्तरोन्नति गर्ने, स्याफ्रुबेंसी–रसुवागढी सडक पुनर्निर्माण गर्ने, जिलोङ र केरुङ हुँदै काठमाडौं जोड्न सुरुङ निर्माण गर्ने, कोसी, गण्डकी र कर्णाली करिडर निर्माणको विषय पनि वक्तव्यमा समेटिएका छन् । याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा