इन्धनको माग घट्न थाल्यो

काठमाडौँ, २७ असोज । दशैँ सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको माग ४५ प्रतिशतले वृद्धि भएको थियो भने दशैँको अन्तिम दिन पूर्णिमासम्म माग घटेर २५ प्रतिशतमा झरेको छ । तर, तिहारसम्म इन्धनको माग वृद्धि भइरहने नेपाल आयल निगमले जनाएको छ ।

नेपाल आयल निगम थानकोट डिपोका प्रादेशिक प्रमुख बिनितमणी उपाध्यायका अनुसार इन्धनको माग गत सालभन्दा पेट्रोल १५ र डिजेल १० प्रतिशतले वृद्धि भएको छ । यो हरेक वर्ष वृद्धि हँुदै आएको प्रतिशत हो । जाडो मौसम सुरु भएकाले पनि इन्धनको माग बढ्ने प्रमुख उपाध्यायको भनाइ छ ।

दशैँका अवसरमा यात्रुको चाप बढेपछि सवारी साधन बढी गुड्ने र बजारको चहलपहलले गर्दा माग बढेको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ । सवारीको चापले गर्दा इन्धनको माग बढेको छ । दैनिक आठ लाख ५० हजार पेट्रोल र सोही परिणाममै डिजेल बिक्री भएको थियो । माग बढे पनि बजारमा इन्धनको अभाव हुन नदिइएको गोइतले जानकारी दिए ।

दशैँको बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति रोकिएन । दशँैमा निगमले तीन दिन बिदा मनाए पनि बिक्री वितरणलाई भने निरन्तरता दियो । दशैँ तिहारमा माग बढ्न सक्ने भएकाले निगमले पूर्ण क्षमतामा ४८ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गरेको थियो । अझ केही दिन इन्धनको माग नघट्ने प्रमुख उपाध्यायको दाबी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । आज शेयर बजार झण्डै ४५ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ४४ दशमलव

काठमाडौँ, १२ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज

मोरङ, १३ फागुन  । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021